भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको गरुडा काउण्टर स्तरोन्नती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको गरुडा काउण्टर स्तरोन्नती



काठमाडौं  २४ माघ। भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहटको गरुडानगरपालिकास्थित गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरेको छ । सोमवारदेखि बैंकले सो काउनटर स्तरोन्नती गरी ४५ औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरेको हो । साथै आजै देखि कारोवार समेत शुरु गरेको बताएको छ ।

उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात साविकमा प्रदान गर्ने गरिएको सिमित बैकिङ कारोबारको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवाअ झै स्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यस बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एविविएससेवा, रेमिटान्स सेवा र मोबाइल बैंकिङ्गसेवालगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ ।

प्रकाशित : 6 February, 2017 1:14 pm