अभियान लघुवित्त १ करोड २१ लाख रुपैयाँ घाटामा, अन्य सूचकको अवस्था कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभियान लघुवित्त १ करोड २१ लाख रुपैयाँ घाटामा, अन्य सूचकको अवस्था कस्तो छ ?



काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, यो अवधिमा संस्थाले १२ करोड ४२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड १९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४ करोड २ लाख रुपैयाँ थियो।

चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा १ अर्ब ४९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ३० करोड रुपैयाँ सापटी लिई १ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार बढेर २ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ८ लाख १५ हजार रुपैयाँ रहेको थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.४९ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहीबार १२:३५