प्रधानमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, १२ करोडको सीमा फिर्ता गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रधानमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, १२ करोडको सीमा फिर्ता गर्न आग्रह



काठमाडौं । सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित लगानीकर्ताहरूले प्रधानमन्त्रीलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले प्रधानमन्त्रीलाई हालको पूँजी बजारको स्थितीको बारेमा अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् । सोही क्रममा लगानीकर्ताहरूको ३ वटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।

यस्ता छन् मागहरू :

१ . लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।
२. बाह्र करोड सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।
३. शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।
४. लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५. प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुंजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।
५. विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार १७:१९