इन्फिनिटी लघुवित्तको नाफामा पहिरो, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी लघुवित्तको नाफामा पहिरो, अन्य सूचक कस्तो छ ?



काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो बर्षको तुलनामा नाफा ८८.३२ प्रतिशतले कमी हो ।

गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २४.१९ प्रतिशतले घटेर १९ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ४७ लाख रुपैयाँ थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १४.०४ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.६९ प्रतिशत थियो। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर ५ करोड ६५ रुपैयाँ भएको छ। गत वर्ष यस्तो चार्ज १ करोड ११ लाख रुपैयाँले ऋणात्मक थियो।

यो अवधिसम्म संस्थाले १ करोड ९४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १६ करोड ९० लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ८८.८४ प्रतिशतको गिरावट आएको छ।

चुक्तापुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार ९.१२ प्रतिशतले बढेर १५ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १५ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.७० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३१.७३ रुपैयाँ थियो। पीई रेसियो २२१.०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३६.११ रुपैयाँ रहेको छ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार १४:२७