दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको करिब ५० लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्सको कुल ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर थपिएको हो।

जसमा नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९ कित्ता छन्। गत आर्थिक वर्षका लागि नेपाल बैंकले २ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। सोहि बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार १३:३३