काठमाडौं । सुनको मुल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कायम भएको हो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको मुल्य १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
बुधबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो ।
Comment