सोमबारको सेयर बजारमा कसले गुमायो, कसले कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबारको सेयर बजारमा कसले गुमायो, कसले कमायो ?



काठमाडौं २४ माघ । सेयर बजार  पुनः अोरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजार झण्डै १८ अंकले घटेको थियो । कारोबार रकमसमेत आइतबारको तुलनामा झण्डै ३ करोडले घटेको छ । यस दिन २३ करोड ६१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार २६ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो ।

निकै उतार चढावपूर्ण आइतबारको बजार १५.६६ अंकले घटेर बन्द भएको छ ।  विहान बजार खुल्नासाथ परिसुचक निरंतर घटेर १२ बजेसम्म १८ अंकले ओरालो लागेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः करिव १६ अंकले घटेरै बन्द भयो । यस दिन कमाउने भाग्यमानीहरुको समुह अन्य भएको छ ।

यस दिन पनि आइतबार जस्तै सवैभन्दा बढी बीमा समुह १२४ अंकले घटेको छ । आइतबार यो समुह १२६ अंकले घटेको थियो । त्यसपछि होटल समुह ४८.९४, बैंकिङ समुह १५.९६ अंक, विकास बैंक १४.१३, फाइनान्स ९.१२, जलविद्युत ४.६६ अंकले घटेका छन् ।

यस दिन १३४ कम्पनीको ६ लाख २७ हजार ८ सय ४० कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेर १३४८.८४ मा समेटिएको छ ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीमा प्रभु बैंक भएको छ । यसको १ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसपछि डिप्रोक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले मात्र कारोबार १ करोड नघाएका छन् ।

यस दिन धेरै गुमाउनेमा युनाइटेड फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र रिलायबल माइक्रोफाइनान्सलगायत छन् ।  यस दिन कमाउनेमा मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेबिल्स फाइनान्सलगायत छन् ।

प्रकाशित : २४ माघ २०७३, सोमबार १०:०१