भारतबाट घटेर आयो पेट्रोलको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतबाट घटेर आयो पेट्रोलको मूल्य



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमकाले जानकारी दिएको छ ।आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलवार १७:०६