वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यकः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यकः गभर्नर



काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् । सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताए हुन । उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको बताए । मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने उनको भनाई थियो ।

उनले भने , ‘सरकार र समाजले मौद्रिक नीतिमाथि बढी अपेक्षा गरेको देख्छौँ । मौद्रिक नीतिका सीमाहरू छन् । राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उद्देश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्यभन्दा बाहिर हुन्छ । वित्त नीति र मौद्रिक नीतिबीचको समन्वय आवश्यक हो । जसरी राजनीतिक व्यवस्थामा चेक एन्ड ब्यालेन्सको अवस्था छ त्यसरी नै मौद्रिक र वित्त नीतिमा पनि आवश्यकता हुन्छ ।’

गभर्नर अधिकारीले देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आउँदाे दिनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनका लागि ठूलो चुनौती वित्त नीतिमा देखिएको बताए । गभर्नर अधिकारीले सरकारले राजस्व सङ्कलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार २०:०५