नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझीको बयान लिइँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझीको बयान लिइँदै



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन सुरु गरेको छ। जिल्ला अदालत काठमाण्डौमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले आजै रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। हिरासतमा राख्ने अनुमति पाएसँगै रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्याएर बयान लिन सुरु गरिएको हो।

यो मुद्दामा बुधबारसम्म अनुसन्धान पूरा गरेर प्रतिवेदन तयार गर्नुपर्ने भएकाले आजै रायमाझीको बयान सुरु गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन काम भइरहेको छ।

यो प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो। तर, उनी रायमाझी रहँदै आएका थिए। प्रहरीले आइतबार साँझ भने उनलाई काठमाण्डौको बूढानीलकण्ठ क्षेत्रमा एउटा लुकर बसेको अवस्थामा पक्राउ गरेको थियो।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १७:४५