नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ४ वटा कम्पनीको बोनस सेयर सुचिकृत भएको छ। आज कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस सेयर सुचिकृत भएको हो ।

कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट ट्रेडिङको २ लाख ५३ हजार ५३१.१९ कित्ता, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस सुचिकृत भएको हो।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पश्चात लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १७:३८