नागरिक लगानी कोषकाे २६.३१५८ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषकाे २६.३१५८ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि र उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति प्राप्त भई बार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात सेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार १२:३३