हिमालय उर्जा विकास कम्पनीको घाटा साढे ४ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालय उर्जा विकास कम्पनीको घाटा साढे ४ करोड माथि



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको खुद नाफामा कमी आएको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार समीक्षा अवधिमा कम्पनी ४ करोड ५० लाख रुपैंया खूद घाटामा गएको हो।

यस्तो घाटा अघिल्लो आ.ब.को यही अवधिमा १ लाख ४ हजार रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा यो कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ८४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ । अन्य आम्दानी पनि १ करोडभन्दा माथि छ ।

यही अवधिमा कम्पनीले रोयल्टीबापत ५० लाख ६९ हजार तथा प्रशासनिक खर्चको रुपमा २ करोड २७ लाख बढी खर्च गरेको छ । फाइनान्सियल कस्ट मात्र ८ करोड ३८ लाख देखिएको छ भने १० करोड १८ लाख डेप्रिसिएसन देखिएको छ ।

कुल ९९ करोड चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्ब पनि ६ करोड ९ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ ।

घाटा चुलिँदै गएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि नेगेटिभ रहेको छ । समीक्षा अवधिका लागि कम्पनीको इपीएस ४.५५५ रुपैयाँले ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९३.८४ रुपैयाँ मात्र छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १३:३२