निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलाई पुनर्कर्जाको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलाई पुनर्कर्जाको सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलानई पुनर्कर्जाको सुविधा दिने घोषणा गरेको छ । मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शुक्रबार केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने मौद्रिक नीतिको समिक्षामा भनिएको छ ।

प्रकाशित : 12 May, 2023 12:16 pm