नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको वैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

यता नेपाल धितोपत्र बोर्डले भने औपचारिक जानकारी आईनसकेकोले पत्र आएपछि विस्तृतमा थाहा हुने जनाएको छ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन वटा समूहको आवेदन परेको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघको नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया समूहका रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

नयाँ स्टक एक्स्चेञ्ज स्थापनाको प्रक्रिया विरुद्ध पाटन उच्च अदालतमा रिट समेत परेको छ भने उच्च अदालतले जेठ १ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार ११:०६