राष्ट्र उत्थान लघुवित्तले जारी गरेको लाभांश रद्द, यस्ताे छ कारण ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र उत्थान लघुवित्तले जारी गरेको लाभांश रद्द, यस्ताे छ कारण ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश रद्द भएको छ । कम्पनीको वैशाख २८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो।

कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर ०.७५ नगद वितरण गर्ने प्रस्ताव गरेको थियो ।

वित्तीय विवरणको नाफा नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि अनुरोध गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘मिति २०८०/१/१३ मा सम्पन्न यस समितिको ८६ औं बैठकबाट आ. ब.२०७८/०७९ को वित्तीय विवरणको अनुसूची ४.२७: लेखा सम्बन्धी टिप्पणीको बुंदा नं. २१ मा र NFRS अनुसार तयार गरिएको वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीको बुंदा नं. ५.१२ मा १५ प्रतिशत (बोनश शेयर १४.२५ प्रतिशत र नगद लाभांश ०.७५) लाभांश (कर सहित) प्रस्ताब गरिएको तर वित्तीय विवरणको नाफा नोक्सान बांडफांड हिसाबमा उल्लेख नगरी श्री नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएकोमा श्री नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश भएकोमा श्री नेपाल राष्ट्र बैंकको प.सं.ल. वि.स. सु. वि. /गैर(स्थलगत/ राष्ट्र उत्थान /०७९/०८०/३४८ मिति २०८०/१/२० को पत्र मार्फत आर्थिक बर्ष २०७८/०७९ को बार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृति प्राप्त भएको तर लाभांशको बारेमा उल्लेख नभएकोले सोही मिति २०८०/१/२० मा व्यवस्थापनबाट श्री नेपाल राष्ट्र बैंकमा प्रस्तावित लाभांश स्वीकृतिको लागि पत्र मार्फत पुनः अनुरोध गरिएकोमा हालसम्म सो उपर कारवाही नभएकोले उक्त आ.ब. २०७८/०७९ को लागि संचालक समितिको मिति २०८०/१/१३ मा सम्पन्न ८६औं बैठकबाट प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १०:४५