जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय



काठमाडौं । बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

निक्षेप निरुत्साहित हुने भएकाले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् । चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको थियाे ।

प्रकाशित : २८ बैशाख २०८०, बिहीबार १३:५४