छिमेक लघुवित्तको नाफा २२.८१ प्रतिशतले बढ्यो,अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

छिमेक लघुवित्तको नाफा २२.८१ प्रतिशतले बढ्यो,अन्य सूचक कस्तो छ ?



काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस त्रैमाससम्म आइपुग्दा लघुवित्तले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा सो नाफा २२.८१ प्रतिशतले बढेको हो ।

यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.४४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७० लाख ५६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११.०७ प्रतिशतले बढेर १ अर्ब २४ करोड ४८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यता, चैत मसान्तसम्म संस्थाको वितरणयोग्य नाफा १ अर्ब ३० करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ जम्मा रहेको छ । चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ९वार्षिक० २७ पैसाले बढेर ४१ रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २३२ रुपैयाँ ८ पैसा छ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार १०:४१