राष्ट्र बैंकको २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकको २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दै



काठमाडौँ, २४ माघ। नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले २५ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिलको बोलकबोल माघ २४ गते अाज सोमबार  गर्दै छ । ट्रेजरी बिल २०७४ बैशाख २६ गते परिपक्व हुनेछ ।

यसअघि माघ १७ गते बैंकले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिन २५ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान भएकोमा २ अर्ब ३० करोड रुपैयाँको वाणिज्य बैंकहरूबाट माग भएको थियो । सो रकम बराबरको ट्रेजरी बिल २ दशमलब ६३२० प्रतिशतमा बिक्री भएको थियो ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०५:३७