प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश दिने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलवार ११:०२