यस्तो छ विनियोजन विधेयक, २०८० का सिद्वान्त र प्राथमिकता (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

यस्तो छ विनियोजन विधेयक, २०८० का सिद्वान्त र प्राथमिकता (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्रलाई सक्रिय बनाउन बजेट केन्द्रित हुने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै उनले अर्थतन्त्रलाई लयमा फर्काउन, परिणामुखी पूँजीगत खर्च गरी साधारण खर्चमा मितव्ययिता अपनाइने बताएका हुन्।

उनले अर्थतन्त्रलाई गतिशील बनाई दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समावेशी आर्थिक विकासलाई ध्यान दिएर बजेट ल्याइने बताए। व्यापार घाटा, बैंकिङ क्षेत्रको खराब कर्जाजस्ता अर्थतन्त्रका चुनौतीहरू देखापरेका भन्दै उहाले आगामी बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, सार्वजनिक खर्चको पारदर्शिता, दिगो विकासको लक्ष्य प्राप्ति आदि विषयलाई प्राथमिकता दिने जानकारी दिए।

बजेटले लगानीमैत्री वातावरण बनाई रोजगारी सिर्जना गर्न र निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख गर्दै उनले अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक लगानीको वातावरण सिर्जना गरिने जिकिर गरे।

संविधानले प्रत्याभूत गरेको गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी सुविधालाई सहज रुपमा उपलब्ध गराउने नीति सरकारले लिएको छ। आगामी आर्थिक वर्षको बजेटका लागि सरकारले विभिन्न क्षेत्रगत प्राथमिकता पनि निर्धारण गरेको उल्लेख छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत पर्यटन व्यवसायलाई आयआर्जन, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्रका रुपमा विकास गरिने सरकारको योजना रहेको उल्लेख छ। महतले भने, ‘लक्ष्यअनुरुप राजस्व परिचालन हुन सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च धेरै हुने प्रवृत्ति कायम छ। सरकारको वित्त सन्तुलनमा चाँप परेको छ। पुँजीबजारमा उतारचढाव छ। आर्थिक क्रियाकलापमा गतिशील ल्याउन आवश्यक छ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्न जरुरी छ।’

सामाजिक सुरक्षा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने उनले बताए। भूमिहीन नागरिकका समस्या सम्बोधन गर्नेतर्फ बजेट निर्देशीत हुने बताए।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार १३:१२