कालिका लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानीपनि प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानीपनि प्रभावित



काठमाडौं । कालिका लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले ३ करोड ५६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६८.१५ प्रतिशतले थोरै हो ।

गत वर्ष कम्पनीले ११ करोड १८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर १९ करोड ७६ लाख ९७ हजार रुपैयाँमा आएको छ भने सञ्चालन नाफा ६८.१५ प्रतिशतले घटेर ५ करोड ८ लाख रुपैयाँमा झरेको छ ।

यसका साथै खराब कर्जा पनि ३.७२ प्रतिशतबाट बढेर ५.६० प्रतिशत पुगेपछि नाफा प्रभावित भएको हो । कालिकाको हाल चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २३.१७ प्रतिशत वृद्धि हुँदै ११ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफा घटेसँगै कालिकाको प्रतिसेयर आम्दानी पनि ३४.९१ रुपैयाँले घटेर चैत मसान्तसम्ममा १२.७६ रुपैयाँ ९वार्षिक० मा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४६.३८ रुपैयाँ छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार १२:२६