राष्ट्रिय बीमा कम्पनीले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रिय बीमा कम्पनीले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते बुधबार राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा गर्न लागेको हो ।

सभाले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ को गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ।

सभाले महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ।

सञ्चालकहरुको आर्थिक वर्ष २०७२/७३सम्मको भत्ता एवं सुविधा अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीहरुबाट एकजना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १६ देखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रकाशित : २४ बैशाख २०८०, आईतवार १२:५३