आईएमई र प्रुडेन्सियल इन्स्याेरेन्स एक अर्कामा गाभिए, एकीकृत काराेबार बैशाख २७ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईएमई र प्रुडेन्सियल इन्स्याेरेन्स एक अर्कामा गाभिए, एकीकृत काराेबार बैशाख २७ देखि



काठमाडौं । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक अर्कामा गाभिएका छन् । मर्जरका लागि यि २ कम्पनीले गत माघमा प्रारम्भिक सम्झौता गरेका थिए भने ५ चैतमा अन्तिम सम्झौता गरेका थिए । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले स्वीकृति दिए पछि यि कम्पनीहरु मर्जरमा गएका हुन् ।

आगामी २७ गते यि २ कम्पनीहरुले एकिृकत कारोबार सुरु गर्ने बताएका छन् । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् ।

प्रकाशित : २३ बैशाख २०८०, शनिबार ११:५०