हिमालयन बैँक विराटनगरले बालसेवा आश्रमलाई दियो ७५ थान कुर्सि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैँक विराटनगरले बालसेवा आश्रमलाई दियो ७५ थान कुर्सि




विराटनगर । हिमालयन बैंक लिमिटेड बिराटनगर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको पूर्वान्चल बाल सेवा आश्रमलाई ७५ थान कुर्सी प्रदान गरेको छ।

कोशी प्रदेशको विराटनगरमा रहेको बाल सेवा आश्रमलाई बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कुर्सि हस्तान्तरण गरिएको हो । हिमालयन बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख अमृत मल्लले आश्रमकी आमा सीता पोखरेललाई कुर्सी हस्तान्तरण गरेका थिए ।

बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न गैह्र नाफामुलक संस्थाहरुलाई सहयोग हस्तान्तरण गर्ने गरेको छ । आफ्नो नाफाको केहि हिस्सा सामाजिक सेवामा लगाउने हिसावले उत्तरदायित्व वहन गर्दै बाल सेवा आश्रमलाई ७५ थान कुर्सि प्रदान गरिएको बैँकका विराटनगर शाखाका ऋण अधिकृत कमल पराजुलीले बताए । कार्यक्रममा बैँकका विराटनगर शाखा प्रमुख विन्दिया रायमाझि लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहीबार ०७:३२