काभ्रे । काभ्रेको पनौती नगरपालिका– ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख नगद लुटिएको छ । पनौती नगरपालिका– ४ मा रहेको मुख्य कार्यालयबाट गएराति सहकारी रकम लुटिएको संस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले जानकारी दिए ।
हिजो (सोमबार) सहकारी बिदा भएका कारण दिउँसो भर सहकारीमा जम्मा भएको रकम बैंकमा राख्न नभ्याएको र सो रकम सकहारीमा नै भएकाले राति ४–५ जनाको समूह आएर रकम लुटेर लागेको सीसी क्यामेराबाट पुष्टि भएको उनले बताए ।
सहकारीका गार्ड हुदाँ पनि सुरुमै उनीहरुले गार्डलाई नियन्त्रणमा लिएर उक्त रकम लुटेर लगेको सीसी क्यामेराबाट हेर्दा प्रष्ट भएको बस्नेतले जानकारी दिए ।
सहकारी चोरी भएको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले तालीप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धानका लगि खटिएको बताइएको छ ।
Comment