लक्ष्मी लघुवित्तका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी लघुवित्तका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । संस्थाको नियमित बैठकले उनलाई सिइओ नियुक्त गरेको थियो ।

नवनियुक्त सीईओ श्रेष्ठले सोमवारदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरी कार्य आरम्भ गरेका हुन् । श्रेष्ठले २०६९ वैशाखदेखि संस्थामा नायव महाप्रवन्धक भएर काम गरिरहेका थिए ।

उनी श्रेष्ठ २० वर्षदेखि वित्तीय क्षेत्रमा आबद्ध रहेका छन् । निर्धन उत्थान लघुवित्तबाट काम सुरु गरेका श्रेष्ठ आरएमडीसी र पूर्णिमा विकास बैैंकको उच्च तहमा बसेर काम गरेका थिए ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलवार १७:०६