काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो ।
यस संगै अब यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याई पूर्वाधार तयार पारेपछि ब्रोकर लाईसेन्स पाउने छन् ।
एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।
एलओआई पाउँने मध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी हुन् भने, बाँकी ९ वटा व्यक्तिगत तवरबाट लाइसेन्सका लागि आवेदन दिएका कम्पनी हुन् । धितोपत्र बोर्डले २०७९ असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।






Comment