एकीकृत फ्रेण्डसिपको सेवा केन्द्र जडिबुटीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकीकृत फ्रेण्डसिपको सेवा केन्द्र जडिबुटीमा



काठमाडाै । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँ सेवा केन्द्रको कारोबार शुभारम्भ गरेको छ।बागमती प्रदेश दोलखा जिल्ला जिरी नगरपालिका वडा ५ मा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रम आयोजना गरी काठमाडौँ सेवा केन्द्रबाट कारोबार शुभारभ्म घोषणा गरेको हो।

काठमाडौँको जडीबुटीमा आयोजित कारोबार शुभारम्भ, सेवा अभिमुखीकरण तथा प्रविधि साक्षरता कार्यक्रममा काठमाडौँ सेवा केन्द्र क्षेत्रका करिब १६७ जना भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन, व्यवसयिक क्षेत्रमा ऋण लगानीको लागि सदस्यहरुलाई उत्प्रेरित गराउन र संस्थाको आर्थिक कारोबार निरन्तरता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका काठमाडौँ सेवा केन्द्रका संयोजक तथा संचालक समिति सदस्य देव बहादुर श्रेष्ठले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्यद्धारा उपस्थित अतिथि तथा सदस्यहरुलाई स्वागत गरेका थिए।

एकीकृत फ्रेण्डसीप साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य एवम् संस्थाका संस्थापक सदस्य डि। बी। बस्नेतको प्रमुख आतिथ्यता, पूर्व प्रतिनिधि सभा सदस्य शान्तीमाया पाख्रिनको विशिष्ट आतिथ्यता, संस्थाका सल्लाहकार टंक बहादुर जिरेल, पुर्व संचालक ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुकुमार कार्की, प्रिमियम सि।वि।एसका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बन, एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत संजय महासेठ तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाद्धारा सदस्यहरुको लागि संचालन गरेका सेवाहरुको अभिमुखीकरणको बारेमा प्रशिक्षण दिनुभएको थियो । साथै संस्थाको टेक्नोलोजी पार्टनर रहेको एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत संजय महासेठले संस्थाले संचालनमा ल्याएको प्रविधिमैत्री सेवाहरु मोवाइल बैकिंङ, क्युआर कोड, चेकलेस बैकिंङ साथै संचालनको क्रममा आइ पर्ने समस्या तथा त्यसका लागि अपनाइएको सुरक्षाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व संचालक ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुकुमार कार्की साथै राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य एवम् संस्थाका स्थापक सदस्य डि। वी। बस्नेतले संस्थालाई स्थापना काल देखि यस अवस्था सम्म ल्याउनका लागि सहकारीका अग्रज एवम् सहकारी अभियान्तहरुकोे योगदान र संर्घष रहेको कुरा आफ्ना मन्तव्य राखेका थिए ।

आगामी दिनमा संस्थाले सदस्यहरुलाई औषधी उपचार, वृद्ध अवस्थाका सदस्यहरुका निम्ति सारथीको रुपमा अझ थप सेवा सुविधा सहित कार्यक्रम ल्याउन आफ्नो तर्फबाट आवश्यकीय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण संस्थाका व्यवसाय तथा प्रशासन विभाग प्रमुख निर्मल कुमार कार्कीले गरेका थिए । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लामा आठ वटा सदस्य सेवा केन्द्र, रामेछाप जिल्लामा सात वटा सदस्य सेवा केन्द्र र काठमाडौँ जिल्लामा एक वटा सदस्य सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बागमती प्रदेश अन्तरगत दोलखा जिल्ला, रामेछाप जिल्ला, सिन्धुपाल्चोक जिल्ला र काठमाडौँ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई सेवा विस्तार गरि प्रिमियम टेक्नोलोजिसबाट निर्मित प्रिमियम सफ्टवेयर र एम बैक टेक्नोलोजिसबाट निर्मित आफ्नै एकीकृत फ्रेण्डसिप एम बैक नामको मोवाइल बैकिंङ सेवा सुचारु गराइ करिव १८०० जना भन्दा बढी सदस्यहरुमाझ सेवा संचालन गरिरहेको छ ।

प्रकाशित : १७ बैशाख २०८०, आईतवार १२:३८