जिनव आई.एन.सि. र क्रिप्टोजेन नेपालको सहकार्यले अब सहकारी संस्थाको साइबर सुरक्षा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जिनव आई.एन.सि. र क्रिप्टोजेन नेपालको सहकार्यले अब सहकारी संस्थाको साइबर सुरक्षा गर्ने



काठमाडौं । सहकारी सफ्टवेयरको लामो अनुभव भएको कम्पनी जिनव आइर्.एन.सि ले सहकारी संघ संस्थाको साइवर जोखिमलाई व्यवस्थापन गर्ने उदेश्यले क्रिप्टोजेन नेपालसंग हस्ताक्षर गरेको छ । जिवन आइ.एन.सि का सि.इ.ओ. राजिव कर्ण र क्रिप्टोजेन नेपालका सि.टि.ओ. निर्मल दाहाल विच समझदारी पत्र मा हस्ताक्षर भएको हो ।

सहकारी संस्थामा विभिन्न प्रकारका साइवर आक्रमणलाई रोक्न यो सम्झौताले महत्वपुर्ण भुमिका खेल्नेछ । संस्थामा साइवर सुरक्षाको एक महत्वपुर्ण फे्रमवर्क तयार पारि सानो सानो जोखिमहरुलाई पनि पहिचान गरी संघ संस्थालाई सुरक्षित राख्न यो सहकार्य भएको वहाहरुले जानकारी गराए । हाल नेपालमा साईवर आक्रमण वढि रहेको र त्यसमा सहकारी संस्थाहरुपनि अछुतो नरहेको अवस्थामा हाम्रा युजर तथा आम सहकारी संघ संस्थाहरुलाई सेवा दिने
उदेश्य ले क्रिप्टोजेन नेपाल संग साइवर सुरक्षाको लागि हस्ताक्षर गरेको जानकारी दिए ।

कनै पनि सहकारी संघ संस्थालाई IS र SOC सेवा आफ्नो संस्थामा लागु गर्नका लागि जिनव आई.एन.सि वा क्रिप्टोजेन नेपालमा तपाईको सेवामा जुनसुकै समयमा तत्पर रहने छ । उनिहरुले भने हाल सहकारी सस्ं थाहरुमा आफ्नै सर्भर वा क्लाउड मार्फत अनलाईन ट्रान्जेक्सन हुने गरेका छ । यसमा कस्तो किसिमको सुरक्षा अपनाइर्ए कोछ भन्ने कुरा स्वयं सहकारी संस्थालाई पनि जानकारी छैन यस्तो अवस्थामा IS (इन्फरमेसन सेक्युरेिट) र आफ्नै सर्भर भएको अवस्थामा SOC सेवा मार्फत आफ्नो टाडाको सुरक्षित गर्नुपर्ने हुन्छ । यो परिस्थितमा सहकारी संस्थाको साइवर सुरक्षाको चुनौतीलाई चिर्दै संघ संस्थालाई सुरक्षित राख्न एक महत्वपर्ण कदमकाे रुपमा लिनुपर्ने पनि उनिहरुले बताए

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार १९:०८