एनएमबि लघुवित्तको दशौं बार्षिक साधारण सभा सम्पन्न, सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि लघुवित्तको दशौं बार्षिक साधारण सभा सम्पन्न, सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने



पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा आज पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश गर्नु भएको आ.व. २०७८-०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो।

सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ६५,५८,६२,८६२.००।– (अक्षरुपी पैसठी करोड अन्ठाउन्न लाख बैसठी हजार आठ सय बैसठी रुपैयाँ मात्र) को १० प्रतिशतले हुन आउने रु ६,५५,८६,२८६.२० (अक्षरुपी छ करोड पचपन्न लाख छयासी हजार दुई सय छयासी रुपैयाँं बिस पैसा) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको बताइएको छ ।

साधारण सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको जनाइएको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने-गाभिने वा प्राप्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कंपनी सचिव सुर्य थापाले बताएका छन ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार १५:०१