सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ।

बिहीबार पनि सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार ११:५५