काठमाडौं । अर्थ मन्त्रालयले आय विवरण बुझाउने समय थप गरेको छ । अर्थ मन्त्रालयले पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने समय थप गरेको हो।
समय थप संगै २०७९ चैत्र मसान्तसम्म बुझाउनु पर्ने विवरण अब २०८० साल वैशाख मसान्तसम्म बुझाउन सकिने छ ।
अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७९ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २९ बमोजिम पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताको लागि विशेष व्यवस्थामा उल्लेख भएको संवत् २०७९ साल चैत मसान्तसम्मको अवधि ( समय सीमा) लाई संवत् २०८० साल वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। मन्त्रालयले यो निर्णय २०७९ चैत्र ३० गते नै गरेको थियो ।
Comment