काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो।
यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ ।
Comment