धितोपत्र बोर्डले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आ.व.२०८०/८१ को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह सुझाव माग गरेको हो।

सरकारको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा प्राथमिकता र लगानीकर्तालगायत अन्य सरोकारावालाहरुको अपेक्षा अनुरुप एवं कार्यान्वयन योग्य नीति तथा कार्यक्रम बनाउने उद्देश्य रहेको सेबोनले जनाएको छ।

बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजारसम्बन्धी विषयवस्तुहरु समावेश गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम तयार गर्ने काम भइरहेको सेबोनले जनाएको छ।

त्यसका लागि बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि राय–सुझाव उपलब्ध गराउन सेबोनले आग्रह गरेको छ। राय–सुझाव वैशाख मसान्तभित्र सेबोनको इमेल [email protected] मा पठाउन सकिनेछ।

प्रकाशित : १४ बैशाख २०८०, बिहीबार ११:२६