तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं । सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार १२:३७