लक्ष्मी लघुवित्तका सिइओ शर्माको कार्यकाल सकिदै, सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी लघुवित्तका सिइओ शर्माको कार्यकाल सकिदै, सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले संस्थाको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्त यही वैशाख १८ गतेदेखि लागू हुनेछ। साथै, उनको कार्यकाल ४ वर्षको हुनेछ। हाल श्रेष्ठ संस्थाको नायब महाप्रबन्धकका रुपमा कार्यरत छन्।

हाल संस्थाको सीईओ प्रकाशराज शर्मा रहेका छन्। उनको कार्यकाल यही वैशाख १७ गतेबाट समाप्त हुँदैछ।

प्रकाशित : 26 April, 2023 12:07 pm