सहकारी नियमनमा अब छुट्टै निकाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी नियमनमा अब छुट्टै निकाय



काठमाडौ । बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन गर्न छुट्टै नियामक निकाय खडा गरिने भएको छ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २ महिनाभित्र नियामक निकाय कस्तो रहने भन्ने खाका बनाउने छ । 

राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकले सहकारी संस्थाहरु पूँजी चलायमान गराउने र आर्थिक गतिविधि गर्ने वित्तीय संस्था नै भएकाले उनीहरुको नियमन आवश्यक रहेको भन्दै प्रभावकारी नियमनका लागि छुट्टै निकाय स्थापना गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार अबको २ महिनाभित्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरी सहकारी नियमनको कानुनी प्रावधानको मस्यौदा बनाउने छ । उक्त मस्यौदाले कानुनी रुप लिएपछि सहकारी संस्थाहरु नियमन गर्न छुट्टै निकाय खडा गरिनेछ ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलवार २१:३२