काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको सहकारी सम्बन्धी तालिम कार्यक्रम राजधानीमा सोमबारबाट सुरु भएको छ । समाजले काठमाडौं महानगरपालिका सहकारी विभागको सहयोगमा ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’विषयक चार दिवसीय तालिम कार्यक्रम आयोजना गरेको हो ।
नयाँ बानेश्वर स्थित आनन्द भूमि ईभेन्ट भेन्यूमा जारी तालिम कार्यक्रमको काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले उद्घाटन गरेका छन् । तालिम कार्यक्रममको उद्घाटन सत्रमा बोल्दै पोखरेलले सकारी संस्थाका संचालक, सहकारी अभियन्ता, शेयर सदस्य र नियामक निकाय सबै पक्ष आफ्नो जिम्मेवारी बहन गर्ने कार्यमा चुकेकाले सहकारीमा समस्या उत्पनन्न भएको बताए ।
उनले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आगामी दिनमा सरोकारवाला सबै पक्षले आत्म समीक्षा गरेर कदम चाल्ने हो भने सकारात्मक परिणाम निस्कने भनाई राखे । सहकारी अभियानको प्रवद्र्धन गर्नका लागि विभागले जिल्ला संघ, पत्रकार समाज, हक हित समाज लगायतका विभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गरेर तालिम कार्यक्रम आयोजना गरेको बताए ।
यसैगरी उनले विभागले सहकारी अभियानका छाता संघहरुसंग छलफल गरेर काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी सम्बन्धी कार्यक्रम तय गर्ने प्रतिवद्धता प्रकट गरे ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का कोषाध्यक्ष दिपक पनेरुले केही नराम्रा सहकारीले गरेको बद्मासीका कारण सिंगो सहकारी अभियानको शीर निहुरिएको दुःखेसो पोखे ।
काठमाडौं जिल्ला भित्र हजारौं सहकारीले राम्रो काम गरिरहेको भए पनि केही नराम्रा सहकारीले गरेको गलत कामको असर अन्य सहकारीमा परेको उनको गुनासो थियो । ‘सबै सहकारीलाई एउटै दृष्टि कोणबाट हेर्न हुँदैन,’सहकारीमा देखिएका समस्या समाधान गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता औंल्याउँदै उनले भने, ‘यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईंदैन । गलत काम गर्ने सहकारीलाई गलत भनौं । राम्रा काम गर्ने सहकारीलाई संरक्षण र प्रवद्र्धन गरौं ।’
अध्यक्ष पनेरुले मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, ब्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेर देखेर केहीसहकारी संस्थाका संचालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए ।यस्ता सहकारीका सदस्यहरुले ठूलो मात्रामा बचत फिर्ता माग्न थाले पछि त्यसको असर अन्य सहकारीमा पनि परेको उनले बताए ।
अध्यक्ष पनेरुले सहकारी संस्थाका संचालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरे । साथै संचालकहरुले शेयर सदस्यहरुलाई नडराई संस्थाका समस्याबारे वास्तबिकजानकारी दिएर उनीहरुको विश्वास जित्नुपर्ने भनाई राखे ।
‘अरुको चियो चर्चा गर्नुभन्दापहिले आफ्नो संस्थाको बारे चिन्ता गरौं । आफ्ना सदस्यहरुतर्फ फर्कौं,’ उनले भने।
यसैगरी उनले शेयर सदस्यहरुले वास्तविकता नबुझी हल्लाको पछाडि लागेर सहकारीबाट निक्षेप निकालेर अन्यत्र लानु गलत भएको बताए । ‘सहकारीलाई अप्ठ्यारो बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदापनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो । हिजो सहकारीले विश्वास गरेर सारा ब्यवहार फुकाईदिएको थियो । उसको वित्तीयआवश्यकता पुरा गरिरिदिएर समाजमा हिँड्न सक्ने बनाईदिएको थियो ।’ उनले प्रश्न गरे, ‘अहिले आएर उसले हल्लाका पछाडि लागेर शंकाको भरमा सहकारीबाट पैसा निकालेर लान मिल्छ ?यस्ता सदस्य पनि अपराधी हुन् ।’
यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ, काठमाडौंका सचिव बालकुमार बास्तोलाले काठमाडौं महानगरपालिका सहकारी विभागले सहकारी अभियानसंग सरोकार राख्ने विभिन्ननिकायलाई सहयोग गरेरसहकारी भित्रजागरणको सुरुवात गरेको धारण राखे ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाले सहकारीलाई प्राथमिकतामा राखेको छ । जिल्ला संघलाई पनि तालिम कार्यक्रमका लागि सहयोग गरेको छ ।’
हकहित समाजले सहकारीको प्रवद्र्धनसं सम्वन्धित विभिन्न क्रियाकलाप गरेर छाता संघहरुले गर्ने काम गरेको भन्दै सचिव बास्तोलाले तालिम कार्यक्रम सहकारीका समस्या निराकरण गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
यसैगरी जिल्ला सहकारी संघ, काठमाडौंका संचालक हेम कार्कीले मानिसको जीवनमा सिकार्इ प्रकृया मृत्य ुपर्यन्त निरन्तर चलिरहने उल्लेख गर्दै तालिम कार्यक्रममले सहकारीकर्मीहरुको ज्ञानमा नवीनता ल्याउन सहयोग पुग्ने भनाई राखे ।
यस्तै नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले तालिम कार्यक्रममा विषय विज्ञहरुले दिने प्रशिक्षणबाट सहकारीकर्मीहरुलाई नयाँ ज्ञान प्राप्त हुने विश्वास प्रकट गरे।
सहकारी हकहित राष्ट्रिय समाजका निवर्तमान अध्यक्ष अर्जुन खतिवडाले समाजले स्थापनाकालदेखि सहकारी अभियानको प्रवद्र्धन गर्न राज्य र सहकारी अभियान दुबै पक्षसंग मिलेर कामगदै आएको उल्लेख गरे । समाजले काठमाडौंका विभिन्न स्थानमा सहकारीकर्मीहरुसंग छलफल गरेर सहकारी ऐन, २०७४ को मस्यौदा माथि सुझाव संकलन गर्नुका साथै मुलुकका ठूला पाँचओटा राजनीतिक दलका सहकारी विभाग प्रमुखहरुलाई उक्त सुझाव हस्तान्तरण गरेको स्मरण गराए ।
साथै उनले सहकारीकर्मीहरु र सरोकारवाला निकायको सहभागितामा सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, सम्पत्ति शुद्धीकरण, कोपोमिस लगायतका विभिन्न विषयमा समाजले छलफल, अन्तरक्रिया र तालिम कार्यक्रम सम्पन्न गरि सकेको बताए ।
उद्घाटन कार्यक्रम समाजका अध्यक्ष् ागोविन्द गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । समाजका सचिव ऋषिराम ढकालले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई समाजका सदस्य केदार बास्कोटाले स्वागत गरेका थिए ।
तालिमको पहिलो दिन संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले ‘सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ कार्यान्वयको अवस्था र सरोकारवाला निकायको भूमिका’विषयमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’विषयमा कार्यपत्र सहित प्रशिक्षण गरे ।
तालिम कार्यक्रममा काठमाडौंका विभिन्न सहकारी संस्थाका संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।
Comment