नबिलले बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

नबिलले बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो।

यस क्रेडिट कार्डका ग्राहकलाई अरु कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्क नलाग्ने नबिल बैंकले जनाएको छ। यो कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधा प्राप्त गर्न सक्नेछन्।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्। ‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकलाई पहिलेभन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ’, उनले भनिन्।

नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखामध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार १४:५९ 25 April, 2023 2:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।