आभाष साकाेसद्वारा निःशुल्क आँखा शिविर सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आभाष साकाेसद्वारा निःशुल्क आँखा शिविर सञ्चालन



काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशीमा एक दिने निशुल्क आँखा शिविर गरेको छ । भकुण्डेवेशी सेवा केन्द्र अन्तर्गत भएको कार्यक्रममा सो क्षेत्रका १ सय ७१ जना लाभान्वित भएको सहकारीका प्रमुख व्यवस्थापक सुवास बैद्यले जानकारी दिए।

उनका अनुसार, रेयुकाई एइको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा २१ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।

सहकारीले सेवा केन्द्र अन्तर्गत सहकारीमा आवद्ध जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका ११ जना सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले यसअघि बनेपामा १ सय ६१ जना जेष्ठ सदस्यलाई  सम्मान गरिएको थियो ।

आँखा शिविर नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले उद्धघाटन गरेका थिए । उनले जेष्ठ सदस्य सम्मान र सामाजिक उत्तरदायित्वको काम गरेकोमा सहकारीलाई आभार प्रकट गरे ।

कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, मेथिनकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं ४ का पूर्व अध्यक्ष उद्धव काफ्ले, सहकारी संस्थाका अध्यक्ष दिनेशराज कायस्थ, भकुण्डेवेशी सेवाकेन्द्र प्रमुख रामहरी आचार्य लगायतको उपस्थिती थियो । सहकारीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलवार ०७:५२