हिमालयन बैंकद्वारा नशा रहित समाजलाई ५ लाखको आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

हिमालयन बैंकद्वारा नशा रहित समाजलाई ५ लाखको आर्थिक सहयोग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । हिमालयन बैंकले ललितपुरस्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई शुक्रबार आर्थिक सहयोग गरेको हो।

हाल देशका युवाहरू रक्सी तथा विभिन्न लागु पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधहरूमा पनि फसाइरहेको अवस्था छ।

यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागु पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरूलाई यस कुलतबाट छुट्कारा दिलाउन मद्दत गर्दै आएको छ। हाल सो सेन्टरले करिब एक सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन्।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार १५:०८ 24 April, 2023 3:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।