एक्सेल डेभलपमेन्ट बैंकको नाफामा गिरावट, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक्सेल डेभलपमेन्ट बैंकको नाफामा गिरावट, अन्य सूचक कस्तो छ ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ५७.५३ प्रतिशतले घटेर ४ करोड ४९ लाख रुपैयाँ पुगेको हो ।

गत वर्ष यसले १० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा एक्सेलको खुद ब्याज आम्दानी भने ३३.९१ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा ४८.८१ प्रतिशतले घटेर ९ करोड २२ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने १७ लाख ५१ हजार रुपैयाँबाट बढेर १८ करोड १५ लाख पुगेको छ । हाल एक्सेलको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५१ करोड ५९ लाख रुपैयाँ छ ।

बैंकको कस्ट अफ फन्ड ९.३५ प्रतिशत रहेको छ । यसको खराब कर्जा अनुपात ३.६७ प्रतिशतबाट बढेर ८.९२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८ पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार १२:०१