कर्णाली डेभलपमेन्ट बैंकको यस्तो छ वित्तिय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्णाली डेभलपमेन्ट बैंकको यस्तो छ वित्तिय विवरण



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंक १ करोड ९२ लाख रुपैयाँ घाटा ब्योहोरेको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि १ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंक १ करोड ७३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि १८.५० प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँ कायम भएको छ । गत बर्षको यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ६० लाख रुपैंया थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफा वृद्धि भएको हो । साथै, बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत १ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । उक्त चार्ज बापतको रकम गत वर्ष ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।

हाल कर्णालीको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २० पैसा छ ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार ११:३९