पोखरा फाइनान्सको खुद नाफा २५.७७ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोखरा फाइनान्सको खुद नाफा २५.७७ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा पोखरा फाइनान्सले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २५.७७ प्रतिशतले थोरै हो ।

गत वर्ष यसले ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ४२.६१ प्रतिशतले बढ्दा र सञ्चालन नाफा भने २५.७७ प्रतिशतले घटेको छ ।

यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा १५ करोड रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको खराब कर्जा बढेर ४.८२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा १.५५ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ७७ पैसाले घटेर ४ रुपैयाँ ४१ पैसा ९बार्षिक० मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार १४:१८