चण्डेश्वरी साकोसको कुल सम्पत्ति १ अर्ब २२ करोड, तरलता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी साकोसको कुल सम्पत्ति १ अर्ब २२ करोड, तरलता कति ?



काठमाडौं । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको अपरष्किृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरण अनुसार संस्थासँग १९.१३ प्रतिशत तरलता छ।

वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी ११ करोड ३ लाख, जगेडा कोषमा ११ करोड ३९ लाख, कुल बचत ९१ करोड ८४ लाख, लगानीमा रहेको कर्जा एक अर्ब ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम ११ करोड ६४ लाख र कुल सम्पत्ति १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ रहेको छ।

संस्थासँग तरलता रकम १७ करोड ५६ लाख रुपैयाँ रहेको छ । सहकारीमा कुल शेयर सदस्यहरुको संख्या ८ हजार ७४३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या ८८२ रहेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १४:०५