प्रिपेड मोबाइलमा शनिबारदेखि फोर-जी, सिआरबिटी फेरि सुचारु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिपेड मोबाइलमा शनिबारदेखि फोर-जी, सिआरबिटी फेरि सुचारु हुने



काठमाडौँ २१ माघ । नेपाल टेलिकमका प्रिपेड ग्राहकहरुले भोलिदेखि फोर-जी सेवा चलाउन पाउने भएका छन् । यो सेवा अहिलेलाई काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो ।

काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो। पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोरजी नेटवर्क उपलब्ध छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ०८:०४