नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक



काठमाडौँ । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

‍सामसङ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको छ । यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रङ्गहरूमा उपलब्ध छन् ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १६:४९