सहकारीकर्मीमाथि भएको हातपातप्रति जिल्ला संघको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीकर्मीमाथि भएको हातपातप्रति जिल्ला संघको आपत्ति



काठमाडौं । सहकारीकर्मीमाथि हातपात भएकोमा जिल्ला सहकारी संघ, काठमाण्डौले आपत्ति जनाएको छ । भक्तपुरको कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध सञ्चालक समिर खत्रीमाथि केहि व्यक्तिले अमानवीय र निकृष्ट व्यवहार गरेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आर्थिक मन्दी लगायतका विभिन्न कारणले सहकारी संस्थाहरुमा तरलता अभावको स्थिति सिर्जना भएको र कतिपय संस्थामा सदस्यको बचत तत्काल पूर्णरुपमा फिर्ता गर्न कठिन अवस्था रहेको स्वीकार्दै संघले सदस्यहरुलाई संयमित हुन अपिल गरेको हो ।

सहकारी संस्थाका सञ्चालक, पदाधिकारी र शेयर सदस्यमा कुनै भिन्नता नभएको भन्दै संघले यस्ता किसिमका गतिविधि बढ्न सक्नेतर्फ चिन्ता प्रकट गरेको छ ।

संघका अध्यक्ष ज्ञानबहादुर तामाङद्वारा जारी प्रेस वक्तब्यमा यस्ता घटना नियोजितरुपमा मुलुकभर फैलन थालेमा देशैभरका सहकारी सदस्यको बचत थप असुरक्षित हुनजाने भन्दै स्थिति अराजकतर्फ जान नदिन र सहकारीकर्मीको मनोबल कमजोर बनउने प्रकारका कुनै पनि कार्य नगर्न नगराउन संघले आव्हान गरेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १६:०२