जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ : सांसद सुब्बा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ : सांसद सुब्बा



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित भएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमा गर्न लागेका थिए । यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ’ ।

त्यसैले कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १४:४८